सामाजिक सुरक्षाको रेकर्ड कम्प्युटर सफ्टवयरमा राख्ने काम दाङमा अन्तिम चरणमा पुगेको छ । दाङका सबै गाविसले जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएकाहरुको सामाजिक सुरक्षाको रेकर्ड कम्प्युटर सफ्टवयरमा राख्ने काम सकेर जिल्ला विकासमा बुझाउने काम सुरु भएको दाङका स्थानिय विकास अधिकारी रमेश गौतमले जानकारी दिनुभयो ।
सबै गाविसको रेकर्ड जिल्ला विकासमा आएपछि सामाजिक सुरक्षा वितरण बैंकिङ प्रणालीमा लैजानका लागि प्रकृया थालनी हुने स्थानिय विकास अधिकारी गौतमले बताउनुभयो । उहाँका अनुसार गाविसलाई पाएक पर्ने बैंकसँग समन्वय गरेर सामाजिक सुरक्षा भत्ता वितरण प्रकृया अगाडी बढाइने भएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण बैंकिङ प्रणालिमा सुरु हुने भएपछि कर्मचारी र सेवाग्राही दुवैलाई सजिलो हुने जिल्ला विकास समिति दाङका कम्प्युटर इन्जिनियर काशिराम आचार्यले जानकारी दिनुभयो ।











