अन्तः एन्जोलिना जोली र ब्राड पिट अलग हुने भएका छन् । हलिवुडको सबैभन्दा चर्चित जोडीको रुपमा रहेका एन्जोलिना र ब्राडले अलग हुने निर्णय गरेका हुन् । एन्जोलिनाले ब्राडसँग सम्बन्धबिच्छेदका लागि निवेदन दर्ता गरेको उनका वकिलले बताएका छन् ।

एन्जोलिना र ब्राड सन् २००४ देखि सँगै छन् । तर उनीहरुले सन् २०१४ को अगस्टमा एक निजी समारोहमा विवाह गरेका थिए । यो ब्राडको दोस्रो तथा एन्जोलिनाको तेस्रो विवाह हो । एन्जोलिना र ब्राड सेप्टेम्बर १५ मा औपचारिक रुपमा छुट्टीले अमेरिकी वेब साइट टिएमजेडले जनाएको छ ।
एन्जोलिनाले आफ्ना ६ छोराछोरी आफ्नो साथमा रहनु पर्ने माग गरेकी छन् । ब्राडलाई उनीहरुसँग भेट्न दिने उनले बताएकी छन् । एन्जोलिना र ब्राडका ६ सन्तान छन् । त्यसमध्ये तीन जना उहीहरुले एडप्ट गरेका हुन् ।












