कुशुम वि.क./ बर्दिया
असोज ४ गते । दुइ बटा यातायात व्यवसायि सघको विवादका कारण बर्दियाका नागरिकलाइ सास्ति भएको छ । असोज १ गते देखि बर्दियामा भेरि यातायात प्रालिले लामो दुरिका गाडि सचालन गरेकै दिन कृष्णसार यातायात व्यवसायीका केहि कर्मचारीले बर्दियाको मैनापोखरमा भेरि यातायातका एसी सस्पेन्सन गाडिहरु ना ६ ख ७८९२, ना ६ ख ८४३९ नम्वरका वसको सीमामा तोडफोड भएको भेरि यातायात प्रालिका अध्यक्ष राजेन्द्र गीरिले बताउनु भयो ।

14438852_1172406926170587_753637698_oसाथै उहाले सो गाडि तोडफोेडमा कृष्णसार यातायात व्यवसायि संघका शम्भु रिजालको निर्देशनमा भएको आरोप लगाउनु भएको थियो । यता कृष्णसार वस व्यवसायी सघका अध्यक्ष शम्भु रिजालले सो घटनामा आफुहरुको कुनै सम्लग्नता नरहेको बताउनु भयो । आफनो निर्देशमा त्यस्तो काम भएको पाइएमा आफु जस्तो सुकै सजाए भोग्न पनि तयार रहेको बताउदै प्रसासनले  केहि पत्रकारको वलमा आफुलाइ दवाव दिइरेहको बताउनु भयो ।

साथै उहाले आफु र आफनो व्यवसायी माथी अनावश्यक आरोप लगायका कारण आज कृष्णसार यातायात व्यवसायि सघ का गाडिहरु सचालन नगर्ने बताउनु भयो । कृष्णसार यातायात व्यवसायि सघले आज अचानक गाडिहरु सचालन नगर्दा आम नागरिकलाइ सास्ती भएको छ ।

आज लामो दुरि काठमान्डौ , पोखरा , दांग , बुटवल , गितानगर , सुर्खेत लगायत स्थानमा गाडि बर्दियाबाट गएका छैनन भने जिल्ला भित्र बर्दियाको गुलरिया बाट भुरिगाउ , राजापुर , वासगढि , नेपालगञ्ज लगायतका स्थानका गाडि नगएका कारण महगो रुपैया तिरेर अटो रिक्सामा यात्रृहरु आवत जावत गरिरहेका छन । यी सवै स्थानहरुमा कृष्णसार यातायात व्यवसायि सघ ले गाडिहरु सचालन गर्दै आइरहेको छ भने भेरि यातायात प्रालिले एसी सस्पेन्सन नौ वटा बसहरु काठमान्डौका लागी मात्रै सचालन गर्दै आइरहेको छ ।  आज अचानक गाडिहरु नचल्दा यात्रृहरुलाइ समस्या परेको छ ।

यता जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले दुवै झगडिया पक्षलाइ वोलायर समस्याको निकास निकालिने बताउदै कानुन वमोजिम अनुमति पाएका कुनै पनि यातायात व्यवसायीलाइ अनुमति पाएका हद सम्म यातायात सचालन गर्न दिनु राज्यको जिम्मेवारी हुने भएकोले कोहि कसैले रोकावट वा अवरोध गर्ने कार्य गरेमा वा भएमा प्रचलित कानुन बमोजिम कार्वाहि गरिने गृह मन्त्रालयले ७५ वटै जिल्लालाइ निर्देशन दिइसकेको उहाले बताउनु भयो ।