न्युयोर्क, ४ असोज । कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्।
गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं अधिवेशनले थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो। अधिवेशनअघि अध्यक्षको दावेदारी गर्दै आएका चलचित्रकर्मी अमृत लामा प्रथम उपाध्यक्ष चयन भएका छन्।
