काठमाडौं, ४ असोज । राजधानीका आधा दर्जन वढी स्कुलमा बम विष्फोट गराएर आतंक मच्चाउने संगठनका कमाण्डर सिन्धुलीका मिन देवकोटा भएको खुलेको छ । देवकोटा योङ कम्युनिष्ट फोर्स नेपालको केन्द्रिय संयोजक रहेको प्रारम्भिक तथ्य फेला परेको काठमाडौं प्रहरीले जनाएको छ ।

20092016105717pratap-thapa_bomb-0012-1000x0‘संगठनका संयोजक मिन देवकोटा हुन्’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रधुम्न कार्कीले भने, ‘उनकै समुहले बम आतंक मच्चाएको खुलेको छ ।’

त्यस्तै मिनका अर्का सहकर्मी हुन् सुमन श्रेष्ठ हुन् । आजभन्दा दुई महिनाअघि स्कुलको गाडी जलाएको आरोपमा पक्राउ परेकाहरुले आफ्ना कमाण्डर मिन र सुमन हुन भन्दै नाम पोलेका थिए ।

मिन र सुमनको समुह करिब ६ महिनाअघि मात्रै राजधानीमा आपराधिक गतिविधिमा सक्रिय भएका थिए । ‘करिब ६ महिनादेखी यो समुह राजधानीमा सक्रिय भएको खुलेको छ’ एसपी कार्कीले भने, ‘यो कुनै पोलिलिटकल समुह हैन, विशुद्ध आपराधिक गिरोह हुन् ।’
बम आतंक मच्चाएसँगै मिन र सुमनलाई पक्राउ गर्न उल्लेख्य मात्रामा प्रहरी परिचालन गरिएको छ ।

आतंक मच्चाउनेलाई कारवाही गर्न गृहमन्त्रालयको निर्देशन

यसैबीच गृहमन्त्री विमलेन्द्र निधिले विभिन्न नीजि विद्यालयमा बम राखेर आतंक सृजना गर्नेलाई छानविनमा ल्याई कारवाही गर्न निर्देशन दिएका छन् । गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार शिक्षा जस्तो संवेदनशिल ठाउँमा बम राखेर आतंकित गराउनेलाई कडा कारवाही गर्न मन्त्री निधिले सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
तीन जना समातिएको छ, अरुको खोजी भइरहको छ, दोषीलाई कारवाही हुन्छ, प्रवक्ता कोइरालाले भने, गृहमन्त्रालय यो घटनाप्रति निकै गम्भीर छ ।’

वम विष्फोटमा संलग्न दुई पक्राउ

यस्तै आज नै काठमाडौं र ललितपुरका सातवटा विद्यालयमा बम आक्रमण गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार योङ्ग कम्युनिष्ट फोर्स नेपालका दुईजना कार्यकर्तालाई पक्राउ गरी अनुसन्धान थालिएको छ । पक्राउ गरेका दुई जनाको नाम भने खुलाइएको छैन ।