वागलुङ, ३ असोज । अविरल वर्षातका कारण आएको पहिरोमा परी वागलुङमा चार जनाले ज्यान गुमाएका छन् । गएरातभरी आएको अविरल वर्षाका कारण आएको आज विहान आएको बोङ्गादोभान–४ मा खसेरको परहरोले घर पुरिंदा एकै परिवारका चार जनाको ज्यान गएको हो ।
पहिरोले घर पूर्ण रुपमा पुरेको जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी बोङ्गादोभानबाट १२ जना प्रहरी पठाईएको प्रहरी उपरिक्षक चक्रबहादुर सिंहले बताए । पहिरोले पुरिएका चारै जनाको शव निकालिसकेको प्रहरीले जनाएको छ । साउन दोस्रो साता गएको पहिरोमा परी बागलुङका ६ जनाले ज्यान गुमाइसकेका छन् ।