जाजरकोट, ३ असोज । नेपालमा जारी भएकोे संविधान २०७२ को आज संविधान दिवसको अवसरमा जाजरकोटमा विविध कार्यक्रमको आयोजना गरि दिवस मनाईएको छ । नेपालमा पहिलो पटक जननिर्वाचित प्रतिनीधिहरुवाट जारी भएको संविधान दिवसलाई विविध कार्यक्रमको आयोजना गरि मनाईएको हो ।
संविधान दिवसको अवसरमा महिला तथा पुरुष तर्फको ५ सय मिटर दौड प्रतियोगिता, नगर सरसफाई लगाएतका कार्यक्रमहरु सम्पन्न गरिएको मुल आयोजक समारोह समितिले जनाएको छ । समितिले जनाए अनुसार सनिवार नगर सरसफाई गरिएको थियो भने, आईतवार महिला तथा पुरुष तर्फको ५ सय मिटर दौड प्रतियोगिता गरिएको थियो ।
नेपालमा संविधान जारी भएको दिन आज असोज ३ गते जिल्ला सरमुकामको ठाँटी वजारदेखि गैरीखाली हुदै जिविस सभाहल सम्म प्रभातफेरी गर्नुका साथै जिविस सभाहलमा औपचारिक कार्यक्रमको आयोजना गरि शुभकामना आदान–पदान गरिएको थियो । झण्डातोलन, दिपप्रज्वलन गरेर औपचारीक कार्यक्रमको उद्घाटन गरिएको थियो ।
शहिदहरु प्रति एक मिनेट मौनधारण गर्नुका साथै राष्ट्रिय गानवाट सुरु भएको कार्यक्रमा शहिदहरुको फोटामा माल्यार्पण र अविरावरण गरिएको थियो । साथै आईतवार आयोजित महिला तथा पुरुष तर्फको दौड प्रतियोगिताका प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई पुरुस्कार वितरण गरिएको थियो ।
आज आयोजित प्रभातफेरी र औपचारिक कार्यक्रममा सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनीधिहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनीधिहरु, नागरिक समाज, पत्रकारहरुको सहभागिता रहेको थियो ।
