दाङ, ३ असोज । घोराही स्थित गोरखा इन्टरनेशनल पब्लिक उच्च मा.वि.मा सोमबार तिने दिने योग तथा ध्यान कक्षा सम्पन्न भएको छ । असोज १, २ र ३ गतेसम्म चलेको योग तथा ध्यान कक्षामा व्यवस्थापन संकायका कक्षा ११ र १२ विद्यार्थीहरुको सहभागिता थियो ।

14408381_1269440609753527_1973076986_o

विद्यार्थीहरुलाई पढाइका साथसाथै योगको समेत आवश्यकता रहेकाले कक्षा ११  र १२ का व्यवस्थापन संकायका विद्यार्थीहरुका लागि विद्यालयले यस्तो कार्यक्रम राखेको विद्यालयका प्रिन्सिपल मानसिं बुढाले बताए । आफूले पढेका तथा सिकेका कुरालाई योग तथा ध्यानका माध्यमबाट अझ व्यवस्थित एवम् चीर स्मरणीय गराउन सक्ने योग प्रशिक्षक बस्नेतको ठम्याई छ । समय समयमा विद्यार्थीलाई दिइने यस्तो कार्यक्रमले उनीहरुको स्मरण शक्तिलाई बढाउनुका साथै अनुशासित राख्न, अपराधिक गतिविधिबाट टाढा राख्न, दुव्र्यसनबाट अलग रहन तथा कर्तव्यनिष्ठ बनाउन मद्दत पु¥याउने बस्नेतले बताए ।
तिन दिने योग तथा ध्यान कार्यक्रममा संस्थाका सिइओ नबल जि.एम.ले योग र विद्यार्थी जीवनबिचको सम्बन्धको बारेका प्रकाश पारेका थिए । शिक्षक बसन्त पुनले लागु पदार्थ दुव्र्यसन सम्बन्धी सचेतना दिएका थिए । तिन दिनसम्म चलेको कार्यक्रम सोमवार समापन गरिएको छ ।

समापन कार्यक्रम संस्थाका प्रिन्सिपल मानसिं बुढाको अध्यक्षता तथा  योग प्रशिक्षक रविन्द्र बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । समापन कार्यक्रममा शिक्षक शङ्कर धिताल, टीकाराम उदासी तथा विद्यार्थी विशाल गुप्ता, जयन्ती गिरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थी मञ्जु बुढाले योग डेमो प्रदर्शन गरेकी थिइन् । कार्यक्रमको सहजीकरण व्यवस्थापन संकायका संयोजक एम.बि. केसी.ले गरेका थिए ।