529ae2942caf9
फाइल तस्वीर

दाङ, ३ असोज । दाङमा बस दुर्घटना हुदा ५ जना घाईते भएका छन् । भारतको नयाँ दील्ली वाट वुटवल तर्फ जाँदै गरेको लु १ ख ८७४२ नम्वरको बस सतवरीया १ पद्मीनी खोला नजिक दुर्घटना हुदा वसमा सवार ५ जना यात्रु घाईते भएको ईलाका प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भएको र सबैजना खतरामुक्त भएको अस्पतला प्रसासनले जनाएको छ ।

विहान ५ बजेतिर बस अनियन्त्रित भई वाटो छेउँको रुखमा ठोक्कीएर दुर्घटना भएको प्रहरीले जनाएको छ । चालक निदाएको हुनाले दुर्घटना भएको बताईएको छ । चालक फरार रहेको र खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।।