prachandकाठमडौ २ असोज ।  भारतक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै हुनुहुन्छ । भारतको ४ दिन लामो भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड नेपाल फर्किनु लाग्नु भएको हो ।

उहाँ दिउँसो १ बजे आइपुग्नु हुने भएको छ । भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति, गृहमन्त्री, भारतीय सुरक्षा सल्लाहकार लगायतका उच्च अधिकारीसँग भेटवार्ता गर्नु भएको थियो । प्रधानमन्त्रीले नयाँ दिल्लीमा नै पत्रकार सम्मेलन गरि भारत सरकार, राजनीतिक दल र जनताको तहमा प्रधानमन्त्री प्रचण्डको भ्रमणबाट उच्च उत्साह देखिएको बताउनु भएको छ ।

विगतमा भएका सम्झौता एवम् प्रतिबद्धतालाई निश्चित समय सीमाभित्र कार्यान्वयनमा ल्याइने र त्यसका लागि दुई देशबीचमा भएका मन्त्री, सचिव एवम् प्राविधिकस्तरीय संयन्त्रलाई क्रियाशील गराउने प्रतिबद्धता व्यक्त गरिएकाले आगामी दिनमा विकासको विषयले प्राथमिकता पाउने उहाँको दावी थियो । भारतीय प्रधानमन्त्री मोदीले सन् १९५० को सन्धिमा के–के संशोधन गर्ने भन्ने विषय समेटेर प्रस्ताव ल्याउन आग्रह गर्नुभएको छ ।