काठामाडौं, १ असोज । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आवश्यकताअनुसार संशोधन गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
नेपाली काङ्ग्रेस भक्तपुर नगर समितिको कार्यालयको शनिबार यहाँ उद्घाटन गर्दै केसीले वर्तमान सरकारका अगाडि चुनौतीको पहाड रहेपनि सामना गर्दै अगाडि बढ्ने बताए ।
केसीले विसं २०७४ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने, मधेसी मोर्चालगायत असन्तुष्ट पक्षलाई मिलाएर संविधान कार्यान्वयन गर्नुपर्ने र यसअघिको सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्ने लगायतका चुनौतीहरु अहिलेको सरकारमा रहेको बताए ।
