बसन्त परियार
तुलसीपुर, १ असोज । तुलसीपुरमा एक जना दलित महिलामाथि कुटपिट भएको छ । तुलसीपुर नगरपालिका वडा नम्बर १९ जस्पुर निवासी ६५ बर्षीया मोती परियारले आफुमाथि सार्वजनिक रुपमै कुटपिट भएको गुनासो गरेकी छन् । भदौ ३० गतेका दिन तुलसीपुर नगरपालिका वडा नम्बर २० नवलपुरमा लागेको सुवाकोटी मेलामा नेपालगञ्ज निवासी अनिता भण्डारी लामाले आफुलाई अनाहकका कुटपिट गरेको परियारले बताएकी हुन ।
उक्त दिन भण्डारीको कुलपूजा थियो । र त्यो पूजापनि सार्वजनिक रुपमा आयोजना गरिन्छ । नवरपुरमा सुवाकोटी पूजाको दिनमा मेला पनि लाग्ने गर्छ । सुवाकोटी पूजामा धामिलाई हात (भाग्य जान्न) देखाउन प्रचलन पनि छ ।
परियार धामि संग हात देखाउन गएको आरोपमा उनीमाथि भण्डारीकी छोरी लामाले हातपात गरेको परियारको आरोप छ । परियारपनि अरु जस्तै लाईनमा बसेर हात हेराएकी थिइन । तर हात हेरेपछि स्वएंम धामिले नै कोही दलित हात हेराउन आएको छ कि ? भन्ने प्रश्न गरेछन् । त्यतिकैमा धामिले सबैलाई हात हेराउने स्थान अर्थात देवताको थानवाट बाहिर जान आग्रह गरेछन् । सबै थानवाटवाट बाहिरिए ।
बाहिर निस्किएपछि भण्डारीकी छोरी लामाले परियारमाथि कुटपिट गरेको परियारको आरोप छ । परियार स्थानीय भएकोले उनलाई आसपासका स्थानीयअरुले पनि चिन्दथे । परियारले तुलसीपुर अनलाईनलाई फोनमा भनिन् ‘ उस्को चस्मा टाउकोमा थियो मोटी ज्यानकी थिई, एक्कासी मेरो घाँटी समातेर गालामा हिकाई ।’ लामाको आक्रमणवाट आफ्नो एउटा कानको सुनको टप समेत हराएको परियारको आरोप छ । लामाको आक्रमणवाट परियारको आँखा र घाँटीमा निलडाम शनिवार सम्म स्पष्ट देखिन्थ्यो ।
प्रहरीले घटनावारे बुझ्यो
यसैविच प्रहरी चौकी जसपुरले परियारको जाहेरीपछि लामाका माईती भण्डारी खलकलाई भेटेर घटनावारे जानकारी लिएको छ । चौकीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक नयाराम कार्कीका अनुसार आरोपीत लामाले टेलिफोनमा आफु सोमबार दाङ आउने वचन दिएको बताए ।
यसैविच तुलसीपु नगर स्तरीय दलित समन्वय समितिले घटनाको भ्रत्सना गरेको छ । नगर संयोजक करण परियार र महासचिब बसन्त परियारले शनिवार एक विज्ञप्ति प्रकासित गरि दलित भएकै कारण सार्वजनिक रुपमै कुटपिट हुनु निन्दनिय घटना भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा घटनावारे सत्यतथ्य छानविन गरि दोषि उपर कारवाहीको माग गरिएको छ ।
