काठमाडौं, १ असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई मुठभेडतिर लैजान खोजेको आरोप लगाएका छन् । यो सरकारले अर्काको एजेन्डालाई काँधमा बोकेर राजनीतिक रुपमा द्धन्द्ध निम्त्याउने लागिरहेको ओलीको भनाइ छ ।

hyderabad-counterpart-opportunity-minister-indian-shakes-meeting_2eeab274-df99-11e5-a1fb-86e627e3731cमोतिदेवी जेष्ठ नागरिक आवास गृहको आज नागार्जुन नगरपालिका–१० भीमढुङ्गामा उद्घाटन गदै अध्यक्ष ओलीले नेपाल देश नेपालीले नै चलाउने बताउँदै अरुको आवश्यकता नपर्ने ठोकुवा गरे । नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने उनले बताए । संविधान संशोधन नेपाली जनतालाई मान्य र स्वीकार्य हुने खालको हुनुपर्ने अध्यक्ष ओलीको धारणा थियो ।