चेतन रेग्मी

भाद्र ३० तुलसीपुर । प्रदेश नंबर पाँचको उच्च अदालत दाङको तुलसीपुरमै हुने भएपछी दाङमा खुसीयाली छाएको छ  । यहाका नागरीक समाज, राजनैतीक दल, उध्योगी, ब्यपारी,सर्बसाधारण सबैले सरकारको यस कदमको स्वागत गरेका छन । प्रदेशको राजधानी दाङहुने चर्चा चलीरहदा त्यसको प्रमुख आधार भनेको उच्च अदालत दाङमा बन्ने भएपछी यसले सार्थकता पाउदै गएको भन्दै उनीहरुले स्वागत गरेका हुन । नागरीक समाज दाङका संयोजक टिकाराम रेग्मीले उच्च अदालत दाङ हुनलागेकोमा खुसी व्यक्त गर्दै अब प्रादेशीक राजधानीका लागी सबैले जोड दीनुपर्ने बताउनुभयो । त्यसैगरी नेपाली कांग्रेशका सभापती कृती बहादुर खडका,तुल्सीपुर उध्योग बाणीज्य संघका अध्यक्ष बिमल रिजाल लगाएतले सरकारको यस कदमको स्वागत गर्नुभएको छ ।

b2e9620545be92a17f4a164a125f91c7
फाइल तस्वीर

यसैबिच पुनराबेदन बार तुल्सीपुरले सरकारको उच्च अदालत तुल्सीपुरमा बनाउने नीर्णयको स्वागत गदै आज दीप प्रज्वलन गर्ने भएको छ । बेलुकी ६ बजे तुल्सीपुरको बिपी चौकमा गरीने दिप प्रज्वलन कार्यक्रममा उपस्थीतीका लागी बारका अध्यक्ष राम शरण चौधरीले सबैमा आग्रह गर्नुभएको छ । प्रदेश नंबर ५ को उच्च अदालत दाङमै हुने भएपछि प्रान्तिय राजधानी दाङमै हुने सम्भावना बलीयो भएको छ । दाङको तुलसीपुरमा उच्च अदालत बनाउने मन्त्रिपरिषदको निर्णय भएसंगै प्रान्तिय राजधानी पनि दाङमै हुने बलियो आधार बनेको छ ।

संबिधानमा जहाँ उच्च अदालत हुन्छ त्यहाँ प्रान्तिय राजधानी बनाईने ब्यबस्था छ । सरकारले दाङ सहीत सात उच्च अदालत रहने स्थान हिजो तोकेको थीयो । जसअनुसार, प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङको तुलसीपुर , ६ को सुर्खेत र ७ नम्बर प्रदेशको उच्च अदालत दिपायलमा रहने छन ।

अब केहीदीन भीत्रै उच्च अदालतका मुख्य न्ययधीस तोकीने छन र असोजको २ गतेदेखी  तोकीएका पुनराबेदन अदालतले उच्च अदालतको साइनबोर्ड टागेर काम सुरु गर्ने छन । अबदेखी पुनरावेदन अदालत तुल्सीपुरलाई प्रदेश नम्बर ५को र उच्च अदालत भनीने छ भने बुटवल र नेपालगन्जका अदालतलाई प्रदेश नम्बर ५को उच्च अदालतको इजलास भनीने छ । नयाँ संविधानले सर्वोच्च , उच्च र जिल्ला अदालत गरी तीन तहको न्यायप्रणाली व्यवस्था  भनीने छ ।