दिल्ली, ३० भदौ । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरीबीच आज भेटवार्ता भएको छ ।

prachanda-with-sarad-yadhav-57da863cde0674-20344190नयाँ दिल्लीस्थित नेपाली दूतावासमा भएको भेटमा यचूरीले पार्टीको तर्फबाट नेपालका भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यचूरीले पार्टीको तर्फबाट नेपालका भूकम्पपीडितको सहयोगका लागि ९ करोड ७२ लाख भारतीय रुपैयाँ दिने लिखित प्रतिबद्धता व्यिक्त गरेका छन् । भेटमा यचूरीले नेपालको संविधान संशोधनपछि सबैको माग सम्बोधन हुने विश्वास व्यक्त गरेको उल्लेख गरे ।

यचूरीलाई भेट्नु अघि प्रधानमन्त्री प्रचण्डले भारतीय दूतावासमा नेशनलिस्ट पार्टीका महासचिव डिपी त्रिपाठीसँग समेत भेटवार्ता गरेका थिए । त्यस्तै जनता दलका पूर्वअध्यक्ष सदर यादवसँग समेत प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका छन् ।