विश्वमै पहिलो पटक आँखाको अपरेशनका लागि रोबोटको प्रयोग गरेका छन् । शल्य चिकित्सक (सर्जन) ले आँखाको अपरेशनका लागि रोबोटले गरेको अपरेशनबाट आँखाको ज्योति पनि फर्केन सफल भएको छ । अक्सफोर्ड जोन रेडक्लिफ अस्पतालका डाक्टरको टीमले एक मिलीमिटरको सयौं गुणा पातलो झिल्ली रोबोटको सहायताले आँखाबाट हटाउन सफल भएका छन् ।

berti_robotझिल्लीलाई हटाउनका लाग जोय स्टिक नियन्त्रित उपकरणको प्रयोग गरिएको थियो । सर्जनहरुले रोबोटको सफल प्रयोगपछि अहिलेको अवस्थामा मानिसको हातले गर्न सम्भव आँखाको अपरेशन भन्दा कयौं गुणा जटिल आँखाको अप्रेशनका लागि अब बाटो खुलेको बताए । अक्सफोर्डमा ७० वर्षीया विरामी पादरी बिल बिवरले भने यो एउटा परीको कथा जस्तै थियो ।

रोबोटले अप्रेशन गरेपछि बिरामी रेब बिबरले अब म देख्न सक्ने भएको बताए । उनले यो लगभग परीको दुनियाँको कथा जस्तो लागेपनि सत्य घटना हो । पहिलो पटक रोबोटबाट सफल अप्रेशन गराउने म पहिलो बिरामी भएकाले आफूलाई भाग्यशाली ठानेको बताए । शरीरको सामान्य ठाउँमा रोबोटको सहयोमा गरिने सर्जरीलाई सामान्य मानिन्छ । तर अहिलेसम्म आँखा जस्तो संवेदनशील अङ्गको भित्री भागको अप्रेशनका लागि रोबोटको प्रयोग भएको थिएन ।