काठमाडौं, ३० भदौ । कतै तपाइँ पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स), अन्य छपाइका समाग्रीहरु बनाउदैत हुनुहदैन । होस् गर्नुहोस् है । नक्कली पनि पर्ना सक्छन् । यस्ता नक्कली काम गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । होलोग्राम, सरकारी छापलगायत सामग्री भारतमा छापेर ल्याई नागरिकता र लाइसेन्सलगायतका नक्कली सरकारी कागजपत्र बनाएको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले नागरिकता, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सरकारी सामग्री नक्कली बनाउन संलग्न रहेको अभियोगमा शोभाकर खनाल, बालकृष्ण श्रेष्ठ, मुक्तिनाथ ढकाल, निर्मल खडका, प्रवीण कार्की, श्रीराम अर्याल, शालिकराम अर्याल र अशोक विष्टलाई पक्राउ गरेको हो ।
महाशाखाका अधिकारीका अनुसार उनीहरूले सरकारी प्रमाणपत्रहरूमा प्रयोग हुने सुरक्षासम्बन्धी होलोग्राम र आवश्यक छाप भारतमा छापेर ल्याई सक्कली प्रमाणपत्र बनाइदिन्छु भन्दै प्रतिव्यक्ति ६ हजारदेखि १२ हजार रुपैयाँसम्म लिने गरेका थिए । यसका लागि उनीरूले डिल्लीबजारमा देवी टाइपिङ इन्स्टिच्युटको आवरण प्रयोग गरेको अनुसन्धानमा खुलेको छ ।
महाशाखाले उनीहरूको साथबाट त्रिभुवन विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद्, नेपाली नागरिकतामा प्रयोग हुने, यातायात विभाग, नेपाल सरकार तथा सीटीईभीटीको होलोग्राम फेला परेको छ । उनीहरूको साथबाट विभिन्न सरकारी कार्यालयको छाप र लाइसेन्सको रित्तो १ सय ७ वटा कार्ड, विभिन्न बैंकको चेकलगायत सामग्री फेला परेको जानकारी दिएको छ ।











