prachanda_dhurmus-suntaliकाठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले एक महिनाको तलब धुर्मुस—सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गर्नुभएको छ ।
बुधबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट छोरा प्रकाश दाहालले एक महिनाको तलब ७७ हजार रुपैयाँ कुञ्जना घिमिरेलाई सहयोग स्वरुप हस्तान्तरण गर्नुभएको हो ।

भदौको पहिलो हप्ता प्रधानमन्त्री निवास बालुवाटारमा पुगेको धुर्मुस – सुन्तली फाउण्डेशनको टिमलाई एक महिनाको तलब दिने कुरा भएको थियो । हाँस्यव्यंग्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस – सुन्तली फाउण्डेशनले सिन्धुपाल्चोकको गिरान चौरमा नमूना वस्ती बनाउने काम गरिरहेको छ । यो काम अन्तिम चरणमा पुगिसकेको छ ।