काठमाडौ, ३० भदौ । बजारमा नगद डलर अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले सिंगापुरबाट कार्गो मार्फत डलर ल्याउने भएको छ ।
पछिल्लो २ महिना नेपाली बजारमा नगद डलर अभाव चुलिएको छ । सिंगापुरको सीआईएमबी बैंकमा राष्ट्र बैंकको नाममा रहेको खाताबाट नेपालमा कार्गो गरेर एक करोड ल्याउन लागेको हो ।

nepal-rastra-ban11डलर एक साताभित्र नेपाल आइपग्नेछ । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बजारमा नगद डलर अभाव भएपछि पहिलो पटक डलर कार्गो गरेर ल्याउन लागिएको बताए ।

हामीले पहिलेदेखि नै डलर बिक्री गरेर भारु आयात गर्दै आएका थियौ, बजारमा देखिएको नगद डलर अभाव हटाउनका लागि अल्पकालीन उपायका लागि सिंगापुरबाट डलर ल्याउने निर्णय गरिएको हो । पण्डितले भने । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पनि डलर आयातका लागी सर्तसहित अनुमति दिने निर्णय गरेको छ ।