सोलुखुम्बु, २९ भदौ । लगातारको बर्षातपछि आएको पहिरोका कारण सोलुखुम्बुको दुधकुण्ड नगरपालीका ९ का ३८ घरधुरी बिस्थापीत भएका छन् । पहिरोले दुधकुण्ड नगरपालीका ९ जानिङ, सेकार्सिंक र बारानेका बस्ती उच्च जोखिममा परेका हुन् । केहि दिन देखिको अविरल बर्षातका कारण पुरै बस्तीनै चिराचिरा परेपछि पिडतहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
पहिरोले बस्तीनै बगाउन लागेपछि नेपाली सेना र नेपाल प्रहरीको टोलि तथा स्थानियको सहयोगमा पिडितलाई सुरक्षित स्थानमा सारिएको हो । अविरल बर्षातका कारण नाजिकका दुई घर पुर्ण रुपमा ध्वस्त भएकोे छ भने अन्य ३६ घर उच्च जोखिममा परेको छ । पहिरोले रुद्र बहादुर खत्री र गोकर्णध्वज खत्रीको घर पुर्णरुममा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।।











