इन्द्रेणी संवाददाता
दाङ, २९ भदौ । बालअधिकार संरक्षणसँगै बालबालिकाको विकासका लागि हरेक क्षेत्रमा बाल सहभागिता आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । आज ५२ औं राष्ट्रिय वाल दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सरोकारवालाहरुले बाल सहभागिता विना वालवालिकाको अधिकार सुनिश्चित गर्न सम्भव नभएको बताए ।

14365429_1871677633063658_1368875304_nजिल्ला विकास समिति दाङ र घोराही नगरपालिकाको सहयोगमा जिल्ला बाल कल्याण समिति दाङले आयोजना गरेको कार्यक्रममा बालबचाउ, बालशिक्षालगायतका क्षेत्रमा केही उपलव्धी देखिएको तर बाल सहभागिता अझै कम्जोर अवस्थामै रहेको उनीहरुको जोड थियो ।
जिल्ला बाल कल्यान समितिका सदस्य बसन्ता पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बाल सञ्जाल समितिका अध्यक्ष नविन जिएमले बालबालिकाहरुको क्षेत्रमा छुट्निे रकमको सही सदुपयोग हुन नसकेको बताए ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय दाङका उपसचिव दण्डपानी घिमिरेले बालबालिकाहरु भविष्यका कर्णधार रहेको भन्दै बालबालिकाहरुको चौतर्फी विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।