काठमाण्डौ, २९ भदौ ।नेकपा माओवादी केन्द्रले भारत भ्रमणका क्रममा राष्ट्रिय हितविपरित कुनै पनि काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएको छ । maobadi-kendrako-baithakलाजिम्पाटस्थित अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको बैठकले भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र कुनै पनि नयाँ सन्धि सम्झौता नगर्न सुझाव दिएको हो ।बैठकले यसअघि भएका सहमति कार्यान्वयनका लागि पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा विद्युत व्यापार सम्झौता, हुलाकी राजमार्ग र पुनर्निर्माणका विषयमा भएका दुई देशबीच भएका सम्झौता कार्यान्वयन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । प्रधानमन्त्री दाहाल भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।।