काठमाडौं, २९ भदौ । अष्ट्रेलियाको शिक्षा क्षेत्रमा प्रदान गरिने यस बर्षको प्रतिष्ठित पुरस्कार नेपाली युवाले रसुवाका रत्न पौड्यालले पाएका छन् । अष्ट्रेलियाली सरकारको शिक्षा विभागले मंगलबार मात्रै उक्त पुरस्कार पौड्याललाई प्रदान गर्ने घोषणा गरेको हो ।

14092016102931award-1000x0पौड्याल रसुवा घर भई क्विन्सल्याण्डको सनसाईनकोष्टमा अध्यापन गराइरहेका छन् । सम्मानसँगै उनले १० हजार डलर करिब ९ लाख रुपैयाँ बराबरको पुरस्कार समेत पाउनेछन् । विभिन्न विश्वबिद्यालयमा अध्यापन गराईरहेका केही प्राध्यापकहरुलाई प्रदान गरिएको यो पुरस्कार पाउने उनी एक्लो नेपाली हुन् ।

प्रत्येक बर्ष अष्ट्रेलियाभरी रहेका विश्वविद्यालयमा अध्यापन गराइरहेका प्राध्यापकहरुलाई प्रदान गरिने यो शिक्षा क्षेत्रमा दिई्ने विशेष सम्मान हो । ‘अष्ट्रेलियन अवार्ड फर युनिभर्सिटी टिचिङ’ नाम दिइएको यो पुरस्कार पाउने पौड्याल पहिलो नेपाली बनेका छन् ।