गोपाल रेग्मी
रुकुम, २८ भदौं । रुकुम चौरजहारी नगरपालिका ९ कुमाई गाउँ निवासी ८७ वर्षिय कुल प्रसाद जैसीको स्मृतिमा एक विद्यालयमा ५० हजारको अक्षय कोष स्थापना गरीएको छ । जैसीको १० औ पुन्यतिथिको अवसरमा एक कार्यक्रमका विच मृतकका छोरा ईन्द्रलाल शमार्, तिलक शर्मा र दुर्गा शर्माले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्नको लागी अक्षयकोषको स्थापना गरीएको हो ।paisa1स्मृति सभा कार्यक्रममा  मृतक जैसीका जेष्ठ सुपुत्र ईन्द्रलाल शर्माले उच्च माध्यामिक विद्यालय कोटजहारीका प्राचार्य नरेन्द्र गिरीलाई उक्त रकम हस्तान्तरण गरे । विद्यालयले संवा ५० हजार रुपैयाकोे व्याजवाट प्रत्येक वर्ष स्मृति सभा कार्यक्रमको आयोजना गरी गरिव तथा जहेन्दार विद्यार्थीहरुलाई छात्रवृती प्रदान गर्ने वताएको छ । १९८६ सालमा जन्मिएका जैसीको गत भाद्र १८ गते निधन भएको थियो । नेकपा माओवादीका पार्टी सदस्य समेत रहेका मृतकको संझनामा नेकपा माओवादी ९ नम्वर वडा कमिटीले स्मृति सभा कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा नेकपा माओवादी जिल्ला कमिटी सदस्य कर्णवहादुर घर्ति नगर कमिटी अध्यक्ष मोति प्रसाद पोखरेल, ईन्द्रलाल शर्मा। पवित्रा, पुर्ण लगाएतका अतिथी आफन्त स्टमित्र एवम शुभचिन्तकहरुले फोटामा माल्यार्पण र अविरआवरण गरेका थिए । स्मृति सभामा वोल्ने वक्ताहरुले समाजमा प्रतिष्ठीत समाजसेवी ईमान्दार व्यक्ति जैसीको निधनले पार्टीमा अतुलनिय क्षति पुगेको भन्दै वुवाले देखाएको वाटोमा निरन्तर अगाडी वढन छोरालाई आग्रह गरेका थिए ।।