इन्द्रेणी संवाददाता

सल्यान, २८ भदौ । पछिल्लो समय सल्यानको कुपिण्डे दह पर्यटकिय गन्तव्य बन्दै गएको छ । दहबाट उत्तरतिर हिमश्रृङ्ला देख्न सकिने सो स्थानमा दैनिक रुपमा आन्तरिक पर्यटकहरु घुम्न आउने गर्दछन् । पहाड, हरियाली जङ्गल र बीचमा रहेको सुन्दर मनै लोभ्याऊने दृश्य भएको कुपिण्डे दहमा पुग्ने जो कोहीको पनि मन नरमाउला भन्न सकिदैन ।

kupinde_daha_salyan-624x468-1यस जिल्लाका मात्र नभई राप्ती र भेरी अञ्चलका विभिन्न जिल्लाका विभिन्न ठाउँबाट कुपिण्डे दह हेर्न आउने सख्या बढेको छ । जिल्लाबाट नजिकै भएकाले विभिन्न सरकारी, गैह्रसरकारी संस्था र विद्यालयका विद्यार्थीका लागि पर्यटकीय आर्कषणको केन्द्र बनेको कुपिण्डे दह बनेको छ । कुपिण्डेवाट चाखुरे, सिस्नेलगायतका हिम श्रृङ्खला हेर्न सकिन्छ । कुपिण्डे दह संरक्षण समितिले दहमा डुङ्गासञ्चालनमा ल्याएको छ । बहुआयामिक कुविण्डे दहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन सके त्यहाँको जीवनस्तर, आर्थिकस्थिति परिवर्तनको सम्भावना छ ।

विसं २०६४ देखि दहमा डुङ्गा सञ्चालन भएपछि धार्मिक अन्धविश्वासका कारण स्थानीय केही बुढापाका पहिले डुङ्गा चढ्न मान्दैनथे । जङ्गलमा घोरल, रतुवा, कालीज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ ।