रुकुम जिल्लामा १० स्थानिय तह बनाउने सहमति भएकोछ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति रुकुम र जिल्ला स्थित राजनितिक दलहरुको बैठकले १० ओटा स्थानिय तह बनाउने सहमति गरेको हो ।
जिल्लाका स्थानिय स्तरबाट भएका विभिन्न कार्यक्रमबाट आएका सल्लाह, सुझाव र जिल्ला स्तरिय छलफलबाट जिल्लामा १० ओटा स्थानिय सरकार बनाउने सहमति भएको थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक एवं स्थानिय विकास अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो ।
सहमती अनुसार यस्तो बन्दै छ रुकुमको स्थानिय निकाय :
१ ) पुथा स्वायत्त – केन्द्र : गरघाट
मैकोट , हुकाम, जाङ ८ ९
२ ) उत्तरगंगा स्वायत्त – केन्द्र : त्रिबेणी
तकसेरा , कोल,राङ्सी, जाङ १-७
३ ) भूम्या स्वायत्त – केन्द्र : सिसाघारी
काक्री,महत,चुनबाङ, मोरावाङ,काँडा, रुकुमकोट ४
४ ) सिस्ने – केन्द्र : रुकुमकोट
सिस्ने, प्वाङ, पोखरा , रुकुमकोट , स्यालपाखा १, २, ५, ६, ७, ८, ९
५ ) स्यार्पू – केन्द्र : छिनखेत
पिपल , बाफीकोट, मग्मा १, २, ३, ४, ५, ६, ९ , झुला, दुली ४, ५, ६
६ ) ठुलीभेरी बिशेष – केन्द्र : राडी
मग्मा ७,८ स्यालाखदी, गोतामकोट , आठबिशकोट , आठबिश डाँडागाँउ, घेत्मा
७ ) मुसीकोट – केन्द्र : खलंगा
खलंगा, साँख, चौखाबाङ, भलाक्चा , छिवाङ, स्यालापाखा ३,४
८ ) सानी भेरी – केन्द्र : सिम्ली
सिम्ली, गरायला , अर्मा, पुर्तिमकाँडा १, २, ३, ६, ७, ८ , दुली १, २, ३, ७, ८, ९
९ ) त्रिबेणी – केन्द्र : सिम्रुतु
रुघा, खारा , मुरु , पेउघा , नुवाकोट ३
१० ) नाम र केन्द्र : स्थानीय तहको निर्बाचन पछिको नगर परिषदबाट निर्णय गर्ने
चौरजहारी नपा, खोलागाँउ, नुवाकोट १, २, ४, ५, ६, ७, ८, ९ पुर्तिमकाँडा ४, ५, ९
स्रोत स्थानीय विकास अधिकारी भरत कुमार शर्मा
