सल्यान २८, भदौ । रोजगारीको शिलशिलामा मलेसिया पुगेका एक जनाको ज्यान भएको छ । घाँजरी पिपल ७ संग्रहीका ४३ वर्षिय ज्ञान वहादुर वलीको ज्यान भएको हो । १ वर्ष अघि रोजगारीका लागि मलेसिया पुगेका वलीलाई गयराति डव्लु.एसएम.कोसोन फाइभ कम्पनीमा ड्युटीमा खटिएको वेला पेट दुखेपछि अस्पताल लगिएको थियो ।malesiya2

वलीको उपचारका क्रममा आज विहान ज्यान गएको उनकी श्रीमती सन्तु वलीले जानकारी दिनुभयो । वलीको शव मलेसियाकै अस्पतालमा रहेकोले शव ल्याउनका लागि सहयोग गरिदन उहाँले आग्रह गनुएभएको छ । मृतक वलीका १ श्रीमती, २ छोरी र १ छोरा रहेका छन् ।।