इन्द्रेणी संवाददाता 

रुकुम  १९  बैशाख रुकुमको सिस्ने हिमाल पुग्ने पदमार्ग निमार्ण कार्य अगाडि बढाइएको छ । आगामी आर्थिक वर्ष २०७३÷७४ मा प्वाङ गाविसको लैपादेखि गुप्ता दहसम्म पर्यटन पदमार्ग निर्माण हुनेछ । रुकुमकोट–छिपखोला–प्वाङ लैपा–गुप्तादह–पाथीभरा हुँदै सिस्ने हिमाल बेस क्याम्पसम्मको पर्यटन पदमार्ग निर्माण गर्न लागिएको हो ।

ntoj cover

सदरमुकामदेखि प्वाङ गाविसको लैपासम्मको बाटो पहिले नै निर्माण भएको र लैपादेखि सिस्ने हिमाल बेस क्याम्पसम्मको बाटो जोखिम र जीर्ण भएकाले पदमार्ग निर्माण गर्न लागिएको स्थानीय बासिन्दा पर्शुराम खड्काले बताउनुभयो ।अर्काे आवमा कुनै निकायबाट सहयोग पाए सिस्ने हिमालको बेस क्याम्पसम्म पर्यटन पदमार्ग निर्माण कार्य पूरा गर्न सकिने उहाँको भनाइ थियो ।

काञ्जिरोवा हिमशृङ्खलाअन्तर्गत पर्ने रुकुमको सिस्ने हिमाल समुद्री सतहदेखि ६ हजार ५ सय ५१ मिटर उचाइमा छ । कडा चट्टानबाट निर्मित सिस्ने हिमाल आरोहण गर्न निक्कै गाह्रो हुने आरोहीहरुले बताएका छन ।सिस्ने हिमालको बेस क्याम्पसम्म जाने बाटो निर्माणका साथै बाटोमा घरबास सञ्चालन, पर्यटकलाई पर्याप्त सुरक्षाको व्यवस्था नहुनुलगायत पर्वतारोहीको मुख्य समस्या हो ।।