इन्द्रेणी संवाददाता
देउखुरी १९ बैशाख । देउखुरीका अग्नीपिडितहरुले ऋण काडेर घर वनाउन सुरु गरेका छन् । सामाजिक संघसंस्था र केही ब्यक्तिहरुवाट जस्ता पाता सहयोग भएपनि त्यो अपुग भएपछी ऋण काडेर अग्नीपिडितहरुले जस्ता पाता, दारपात र अन्य सामानहरु किनेर घर वनाउन थालेका हुन् ।
गंगापरस्पुर गाविस ८ वाँकी र वडा नं. ६ खज्रौटा गाउँमा अहीले १५ जना परिवारले घर वनाउन सुरु गरेका छन् । तर, घर वनाउन चाहीने सामानहरुको सहज रुपले उपलब्धनहुदासमस्यामा परेको वाँकी गाउँका वोटबहादुर चौधरीले वताउनुभयो । घर वनाउन ६० हजार ऋण लिएको बताउनुभयो ।
ढुङ्गा एक ट्रिपको ५ हजार रुपैयाँ पर्ने गरेको छ भने वालुवा पनि उस्तै महङ्गो छ । सामुदायीक वन नविकरण नभएकाले काठ पनि पाईएको छैन् । ढुङ्गा रङ्सीङ्ग वाट ल्याउनु पर्ने वाध्यता रहेको छ ।समस्याका विचमा पनि वाँकी र खज्रौटा गाउँका अग्नीपिडितले ऋण लिएर भएपनि घर वनाउन थालेका छन् । ५४ ब्यक्ति मध्य अहिले करिव १५ घर परिवारले आफै घर वनाउन थालेका हुन् ।
अन्यले घर वनाउन सुरुसम्म गर्न सकेका छैनन् । घर वनाउन आफन्तीहरुले सहयोग गरेका छन् ।घर वनाउन चाहिने सामानको अभाव छ । टिन संकलन गर्न थालीएपनि यो प्रयाप्त छैन् । घर वनाउन चाहीने मिस्त्री पनि पाईएको छैन् ।तत्कालको राहत ब्यवस्थापनमा सकृय वनेको गढवा उद्योग वाणीज्य संघका अध्यक्ष यूवराज पोख्रेलले अव पुर्नवासको काममा आफुहरुको ध्यान गएको वताउनु भयो ।।
