दाङ, २७ भदौ । दाङसहित देशका धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । आइतबार रातिदेखि परेको पानीका कारण ठाउँ ठाउँमा पहिरो गएको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । सोमबार पूर्वी र मध्य क्षेत्रमा ठूलो वर्षा हुने अनुमान गरिएको मौसमविद वरुण पौडेलले बताउनुभयो । rainfol मनसुनी वायु सक्रिय भएको तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको र भारतमा न्युनचापीय क्षेत्र विकास भएकाले ठूलो पानी पर्ने मौसमविदको अनुमान छ । अझै एक दुई दिन यसैगरी पानी पर्ने मौसमविद पौडेलले बताउनुभयो । गएको २४ घण्टामा काठमाडौंमा सबैभन्दा धेरै पानी परेको छ ।

काठमाडौंमा ६७ मिलिमिटर, ताप्लेजुङमा ५८ , ओखलढुंगामा ४३, डडेल्धुरामा ४१, धनकुटामा २९, नेपालगन्जमा २७ र सिमरामा १७ मिलिमिटर पानी परेको छ ।  वर्षाका कारण महाकाली र कोशी नदीमा पानीको सतह बढेको छ । रातिदेखिको पानीले जमिन गलेको हुँदा पहिरोको खतरा रहेको मौसमविदले बताएका छन् ।।