प्यूठान २६ भदौ । प्युठानका राजनीतिकदलहरु १ नगरपालिका र ८ गाउँपालिका बनाउन सहमत भएका छन् । स्थानीय तह पुनःसरचंना अन्तरगर्त प्यूठान जिल्ला ९ तहमा बिभाजन गर्ने निर्णय गरिएको छ । राज्य पुनःसरचंन आयोगले प्यूठानलाई एक नगरपालिका र ६ गाँउपालिका गरी सात तहमा बिभाजन गर्न प्रस्ताब गरेको थियो ।
पुर्नसंरचनाका लागि सिमा तथा संख्या निर्धारण आयोगले प्यूठानमा सात इकाई मात्र बनाउन सुझाव र तयारी थाले पनि जिल्लाको भौगोलीक बनावट अनुसार ९ इकाई उपयुक्त हुने प्युठानका राजनीतिक दलले निष्कर्ष निकालेका छन् ।
९ ईकाईमा बिभाजन गर्ने हो भने प्युठान बासीहरुको जनभावना समेटिने राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो । अव प्यूठानमा सात गाविस समेटेर वनाइएको प्यूठान नगरपालिका सहित ४२ गा.वि.स. ९ इकाईमा सिमित हुने भएका छन् ।
