जिल्ला अदालत दार्चुलामा कस्तुरीको विना ओसार पसारमा संलग्न दुई जना विरुद्ध मुद्दा दर्ता भएको छ । शेरी ८ का ३५ वर्र्षीय उत्तरसिह कोट्टारी र गुल्जर ९ का अमरसिह ठगुन्ना विरुद्ध मुद्धा दर्ता भएको हो । अपि नाम्पा संरक्षण क्षेत्रले दुवै जनालाई राष्ट्यि निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार ओसारपसार अभियोग लगाउँदै मुद्धा दर्ता गरेको हो ।

kasturi-ko-bina
गत भदौ ५ गते गुल्जर गाविसबाट तीन तोला कस्तुरीको विनासहित दुवै जनालाई प्रहरी र संरक्षण क्षेत्रका गेमस्काउटले पक्राउ परेका गरेका थिए ।

कस्तुरीलाई पासो लगाएर शिकार गर्नमा कोट्टारी संग्लन रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । यस्तै ठगुन्ना कस्तुरीको बिना घरमा राखेबाफत पक्राउ परेका हुन् ।

अपि नाम्पा संरक्षण क्षेत्रले अनुसन्धान पछि उनीहरुलाई जिल्ला अदालतमा मुद्धा दर्ता गरेको हो । कार्यालयले संरक्षण ऐन २०२९ को दफा २६ ९१० अनुसार सजाय माग गर्दै अदालतमा मुद्धा दर्ता गरेको सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिनुभयो ।