दाङ, २६ भदौ । दाङ रामपुर बालीम खोलाका साहाराविहिन वृद्ध दम्पत्तिको भबन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भबन निर्माण समितीका सयोजक प्रकाश शाहीका अनुसार भवन निर्माण कार्य ८० प्रतिशत पुरा भएको छ । तिज अघि वृद्ध दम्पत्तिलाइ घर हस्तान्तरण गर्ने योजना भएपनि अझै राम्रो घर वनाउने काम भइरहेकाले केहि दिन ढिला हुने शाहीले वताउनुभयो ।ghar यसैविच, भबनको अनुगमन गरिएको छ । निर्माण समितिका संयोजक शाही, सह सयोजक जनक नेपाली, दाङ जिल्ला उबासघका उपाध्यक्ष नारायण भुसाल, विद्यार्थी नेता मदन केसी र पत्रकार निशानदाजु भटराइको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा भबन निर्माणका लागि सहयोग गरिरहेका स्थानियसंग छलफल भएको थियो । साथै निर्माण समितिले सहयोग गर्न चाहनेहरुले ग्लोबल आइएमइमा रहेको निर्माण समितीको खाता नम्बर ४१०७०१००१०१२६ मा सहयोग रकम जम्मा गरिदिन आग्रह गरेको छ ।।