रुकुमका अधिकांस संस्थापक बिद्यालयले अझै शुल्क बिवरण बुझाएका छैन्न । संस्थापक बिद्यालयहरुले अनिबार्य रुपमा जिल्ला शिक्षा कार्यालयलाई शुल्क बिवरण बुझाउनु पर्ने भएपनि अधिकांस बिद्यालयले अझै शुल्क बिवरण नबुझाएको जिल्ला शिक्षा कार्यालय रुकुमले जानकारी दिएको छ ।
निजी तथा आवासीय विद्यालयको संगठन प्याब्सन र एनप्याब्सनले शुल्क बिवरउाको विरुद्ध उत्रिएकाले शुल्क प्रास्ताव नबुझाएको हुन सक्ने रुकुमका शिक्षा अधिकारी रामलाल खड्काले जानकारी दिनुभयो ।
नीजि विद्यालयहरुको ढाड सेक्ने गरि सरकारले ल्याएको निर्देशिका नीजि विद्यालय चल्न नसक्ने हुँदा सरकारसंग छलफल गरेर मात्र शुल्क प्रस्ताव बुझाउने प्याब्सन रुकुमले जानकारी दिएको छ ।
आधा शैक्षिक शत्र सकिन लाग्दा पनि संस्थापक बिद्यालयले शुल्क बिवरण नबुझाई चर्को शुल्क लिदै आएका छन् । जिल्ला शिक्षा अधिकारी खडकाले देशभरी नै यस्तो समस्या भएको भन्दै उनले यो विषय छिटो समाधान हुनु पर्ने बताउनुभयो ।
