शिक्षा राज्यमन्त्री धनमाया विकले शिक्षकले राजनीति छाडेर पेसागत रुपमा जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभएको छ ।
यहाँ आज आयोजित पत्रकार भेटघाटमा राज्यमन्त्री विकले सामुदायिक विद्यालयको खस्कँदो अवस्थामा मुख्य जिम्मेवार शिक्षक नै रहेको बताउनुभयो ।
सामुदायिक विद्यालयतर्फ आकर्षण गर्ने भनिएका छात्रवृत्ति, दिवा खाजा लगायत कार्यक्रममा समेत अनियमितता भएको गुनासो आउने गरेका कारण मन्त्रालयबाट प्रभावकारी अनुगमनको व्यवस्था गर्न नीति बन्ने क्रममा रहेको शिक्षा राज्यमन्त्रीले जानकारी गराउनुभयो ।।