घोराही, २५ भदौ । बिचार गोष्ठि गरेर नेपाली कांग्रेश दाङले शुक्रवार घोराहीमा एकसय तिन औँ विपि जयन्ती मनाएको छ । जिल्लामा रहेका कांग्रेश निकट विभिन्न क्षेत्रका नेतृत्वले आफ्ना बिचार राखि विपिलाई सम्झिएका छन् । बक्ताहरुले अहिले सम्म कांग्रेश बिपिको बाटोमा हिडेको विचार राखेका थिए । त्यसले मात्रै यो देशमा लोकतन्त्र जीबन्त राख्न सकिने बताए । आपसमा कुरा पनि काटिरहेका हुन्थे । भाषणमा होईन व्यवहारमा उतार्न सके त्यहि नै विपिको सच्चा सम्झना हुन्छ भनेर व्यंग्य पनि गरेका थिए ।bipi
विपि विचारलाई अग्रणीमा राखेर काम गरेको दावि गर्नेहरु पनि थिए । तिनले आफु कुन ओहदामा बसेको छु कर्तव्य के हो भन्ने भुलि अरुले गरेनन भनि खुराफात गफ नगर्न आग्रह गरे ।विपिको विचारलाई आत्मसाथ गरे देशको नेतृत्व तहमा कांग्रेश रहि रहने बताए । त्यसका लागि जन्म मृत्यूका तिथि मिति कण्ठ गरेर बस्दैमा पुरा नहुने उनिहरुको भनाई थियो । बिपिको विचार आत्म साथ नगर्दा तल्लो स्तरका कार्यकर्ताले दुःखदायी जिवन विताउनुपरेको धारणा राखे । आफु बाचुञ्जेल विपिको विचार अनुशरण गर्ने प्रतिबद्धता जनाउनेहरु पनि थिए ।

अघिल्लोलाई सम्मान दिए पच्छिल्लाले पनि मान्यता गर्ने केहिको तर्क थियो । केहिले नेता र नेतृत्वले विगारे भनि आलोचना मात्र गरेका थिए । आउने दिनमा एकता बद्ध भएर जाने गुट तोड्ने प्रण गरौ भन्नेहरु पनि थिए । त्यसपछि मात्रै विपिको जन्म जयन्ती मनाएको सार्थक हुने बताउथे । विपिका विचारलाई अरु पार्टिले सारे, उनिहरु संग जोश जागर छन् । हामि पार्टि कार्यालयमा बसेर गफ लडाएपछि समाजवाद आउने कल्पना गछौ भन्दै आत्म समिक्षा पनि गरेका थिए ।

विपि चिन्तन केन्द्रका अध्यक्ष विनोद पोख्रेल, प्रजातन्त्र सेनानी तिलक बहादुर डा“गि, पुर्व उपसभापति अर्जुन बहादुर श्रेष्ठ लगाएतले विपिको विचार लागु नभएको भन्दै चित्त दुखाउनु भएको थियो । खानपिन, चुनाव र गुटमा खेरिने कार्यकर्ताले विपिलाई तिन घण्टा समय दिन नसकेको भन्दै आक्रोश पोख्नुभएको थियो । सबैले विग्रीयो भन्ने तर बनाउन पहल कसैले नगर्ने भन्दै नमुना बन्न आग्रह गर्नुभयो । त्यसको शुरुवात गर्न जिल्ला कार्यसमितिलाई सुझाव दिनुभएको थियो ।

नेपाली कांग्रेशका पुर्व सहसभापति महोनलाल वली, पुर्व सभापति विरकेशरी गौतम लगाएतले सिद्धान्तलाई व्यवहारमा ढाल्न र जनतालाई केन्द्रमा राखेर राजनीति गर्न विपिले सिकाएको बताउनुभयो । बोलिमा खरो उत्रिने विपि विचारलाई व्यवहारमा लग्दा आफैले काट्ने कार्यकर्ताले समस्या पारेको जिल्ला सभापति कृति बहादुर खड्काको भनाई थियो । सबैलाई उचित सम्मान गरेर बढ्न खोजेकाले छातिमा हात राखि साथ दिने संकल्प गर्न कार्यकर्तामाथि आग्रह गर्नुभयो । करीब साढे तिन घण्टामा बिस बढि बक्ताहरुले आफ्ना बिचार राख्नुभएको थियो । पालो आएपछि बोल्ने र निश्कने, अरु थपिने क्रम कार्यक्रमको अन्त सम्म पनि चलिरहेको थियो । केहि बोल्न नदिएकोमा ठुस्किएर बिचैमा कार्यक्रम छोडि हिडेका थिए ।

कार्यक्रम चलिरहदा पुर्व नगर सभापति किशोर चन्द्र गौतमले कविता सुनाउनुभयो । जिल्ला कोषाध्यक्ष सावित्रा राणाको स्वागत बाट शुरु भएको कार्यक्रममा नेविसंघका उपाध्यक्ष टोप बहादुर बुढाथोकि, महिला संघका अध्यक्ष गोमा रावत, त्रिपुर नगर सभापति दिपक पाण्डेय, नेपाल प्रजातान्त्रिक प्राध्यापक संघ म व व क्याका प्रकाश श्रेष्ठ, तरुण दलका अध्यक्ष टिका घर्ति, पुर्व क्षेत्रीय सभापति खगराज पाण्डेय, क्षेत्रीय सभापति गिरीराज सुवेदि, जिल्ला सदस्य देवा डिसी, क्षेत्रीय सभापति भुप बहादुर डा“गि, जिल्ला सदस्य टेक बहादुर वली, जिल्ला सदस्य कमल बहादुर वली, जिल्ला सदस्य कमान सिं भारती, नेता नदन कुमार शर्मा लगाएतले विचार राख्नुभएको कार्यक्रमको सहजिकरण सचिव शंकर प्रसाद डा“गिले गर्नुभएको थियो ।।