काठमाडौं– तमलोपा अध्यक्ष महन्थ ठाकुरको छोरी मिनाक्षी ठाकुरमाथि अज्ञात समुहले शुक्रबार साँझसांघातिक आक्रमण गरेका छन् । झिसमिसे भैसकेपछि साँझ ७ बजेतिर  सानोठीमीस्थित ठाकुरको घर भित्रै पसेर ५ /६ जनाको समुहमा आएका अज्ञात व्यक्तीले घर भित्र पस्ना साथ  मिनाक्षीको आँखामा खुर्सानीको धुलो छर्किँदै अन्दाधुन्दा खुकुरी प्रहार गरेको पारिवारिक स्रोतले बताएको छ ।

minakshiखुकरी प्रहारबाट मिनाक्षीको टाउको र हातमा गम्भीर चोट लागेको छ भने उनको राजधानीको वानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार मिनाक्षीको अवस्था गम्भीर तर खतरामुक्त रहेको छ ।
पारिवारिक स्रोतका अनुसार सो समुहले आक्रमणपछि घरभित्र रहेको एउटा सुटकेस लुटेर भागेका छन् । सो सुटकेशभित्र केहि नगद र महत्वपूर्ण कागजपत्र थियो ।

प्रहरीले आक्रमणपछि सुटकेस पनि लिएर गएकाले मिनाक्षीमाथि आक्रमण गर्नेहरु लुटेराको समुह हुन सक्ने भन्दै खोजीकार्य तीब्र पारेको जनाएको छ । घटना हुँदा ठाकुर भने प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा छलफलमा थिए । घटनालगत्तै जानकारी पारेलगत्तै ठाकुर अस्पतालतर्फ लागेका थिए । यसैबीच घटनालगत्तै गृहमन्त्री विमलेन्द्र निधि अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् । निधिले घटनाको गम्भीर अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी अधिकारीलाई निर्देशन समेत दिएका छन् ।

श्रोत रातोपाटी