bhupen-g
भुपेन

समीरा दुब्लाइछ ।

‘ अनि तिमी चै के साह्रो मोटाको रु ’ जिज्ञासा हो वा जवाफ बुझीन उसको ।
विदेशबाट फर्कीछ । एयरपोर्टमा झर्न बितीकै सबैभन्दा पहिले मेरो याद आयो रे । फोनमा भनेकी उसले । छिटै भेटन आउन आग्रह गरी । म झन किन ढिला गर्थै र । भोलीपल्टै राजधानि हान्निए । पुगे किर्तीपुर । ‘ हम तेरे शहर मे आए मुसाफिर कि तरह‘ ’ गुलाम अलि जस्तै ।
उ आउनु मेरा लागी ,
ग्रिष्म रितुमा घाम ,
मरुभुमीमा पानि ,
आमाको कोखमा सन्तान ‘‘।।
दिदीकै पसलमा आउन आग्रह गरेकी थिई । उसलाई देख्दा निक्कै फरक भेटाए । गालामा डन्डीफोर आएछन । अल्छी भइछ क्यार । मेकअप बिनाको अनुहार ‘ फिक्का’ देखियो । कपाल पनि समान्य ‘स्टाइलमा’ बढन दिछ । साह्रै खिन्न लाग्ने कुरा कपालको त्यो एक भुल्का काटेर फालीछ । जुन बतासको दबाबले हल्लिदा म पनि संगसंगै हल्लिथे । अचम्म पार्ने कुरा कम बोल्ने भइछ । र साह्रै नमज्जाको कुरा मदिरा पीउन छोडिछ ।
बिन्दास समीरा एकैचोटी उदास भएको देख्दा उदेक लागेर आयो ।
‘ अनि तिमी चाँही कहिल्यै देखी यो रेसमा रु’ मैले मदिरा पीएको देख्दा अचम्म परी ।
‘ कहानि लामो छ । ’
‘ ए अझै पनि कहानीको भुतले छोडया छैन ? ’ ।
‘ तिमी जस्तो हो क्या हो छोडेर जाने ? ’ ।
मुसुक्क मुसुकाई । केही बोलीन । ३ वर्ष पछिको भेट पनि धेरै लामो हुन सकेन । आफुले कालो चिया पीउन्जेल मात्रै बसी उ । यद्यपी समयले भरिदिएको उसको उदास अनुहार पनि उस्तै सुन्दर थियो ।
‘‘‘‘‘‘‘‘‘‘‘।।
मीरा दिदि चिया उमाल्थीन किर्तीपुरमा । दिदिकै १७ वर्षीय बहिनी थिई समीरा । अनि समीरा चाँही चियाको केटलीमा बैंश उमाल्थी । मान्छेहरु चियामा मिरा दिदीको स्नेह भेटाउथे या समीराको वैंश । लाइन लागेर चिया पिउन आंउथे । त्यही मध्येको एक थिए म । म त्यहाँ जानुका कारण भने धेरै थिए । नजीकमै पत्रिका पसल हुनु । प्रेममा विरक्तीएर एक्लिनु । जागीरे व्यस्तताले त्याग्नु । भिड बोक्न गाह्रो लाग्नु । एकान्त प्यारो लाग्नु । मीरा दिदिको स्नेहले तान्नु । आदि ईत्यादि ।
घन्टौ चिया पीउदै पत्रिका पढदै बस्दा शुरु शुरुमा निधार खुमच्याउदै बस्थे दुई बहिनी । तर बिस्तारै मिरा दिदिले मेरो ‘अल्मुस्तफा’ टाइपको अवस्था बुझेर हो वा किन हो स्नेह गर्थीन । भाइ जस्तै सोच्थिन या ज्वाई जस्तो रु उतर अहिले सम्म पाएको छैन । मेरो लागी कुनामा थोत्रो थोत्रो मुडा छुटयाइएकी दिएकी थिइन दिदिले । जति बसे नि हुने । मिरा दिदिले त्यो समय मलाई सबैभन्दा आवश्यक एकान्त उपल्बध गराएकी थिइन । अनि एकान्तमा बस्न मुढा ।
अनि समीरा । कोरली गाइ जस्ती थिई । सर्लक्क परेकी । चिल्ली । सिनीत परेको नाक भएकी । जवानिले भर्खरै अंगालेको थियो उसलाई । चञ्चले थिई । उसको मंगोलीयन अनुहारले भर्खरै भुपू भइसकेकी प्रेमीकाको याद दिलाउथ्यो । कहिलकसो मिरा दिदिले उसलाई चिया पकाउन आग्रह गर्थीन । चिया पकाउदा पनि कानमा मोबाइलको हेडसेट घुसाएर नाच्दै पकाउथी । मैले पत्रिका र पुस्तक पढेको देख्दा दिक्क मान्थी र निधार खुम्चाउथी । शायद उसको दिमागमा पढीरहने मान्छे सबैभन्दा बेकार थिए । जे होस समीरा सुन्दर थिई । कहिलेकाँही म संग बोल्थी तर पैसा तिर्नुपर्ला कि जस्तो गरी । मलाई झन युवति प्रति ‘फोबिया ’नै थियो त्यो समय सम्म ।
‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘

एक दिन ।
‘ ओइ तैले त भ्याइस कि क्या हो रु’ रमेशले सोध्यो ।
‘ के भ्याइस भनेको रु’ बुझिन ।
‘ मुला अन्जान बनिराको कुनचाँहीलाई भ्याइस भन न ?’
‘ के कुन चाँही भ्याइस नि रु ’
‘ दिनानुदिन धाँउछ मुला अहिले म संग लजाउछ ।’
‘ काँ धाउछ ?’
‘ दिदिको मा के ’
‘ पार्टनर ,मेरा दिदि बहिनी जस्तो हुन यार । मेरो अवस्था त्यस्तो गर्न लायकको छ र ?’

‘ खुब होला नि । तैले न भ्याए तलाई नै भ्याइदेलान बे । मैले धेरै सुन्या छु तिनीहरुबारे , अझ त्यो कान्छी त कुरै छोड ।’ रमेशले ठोकुवा गर्दै भन्यो
‘ छोड भन्नाले ?’
‘ हेर त्यो सुदुरपश्चिमको लोकेश छैन । हिजो भर्खर त्यो कान्छी चै लाई भ्याए भन्दैथियो । तैले चाँही के को दिदि न बहिनी लगाइराको । बरु कान्छी चाँही मलाई नि मिलाइ दे न ’
टवाल्ल परे ।
‘‘‘‘‘‘‘‘‘
रमेशले त्यसरात उदघाटन गरेको रहस्यले निन्द्रा पर्न छाडयो । मिरा दिदि ले त्यस्तो गर्लीन भन्ने त विश्वास पनि लागेन । तर समीरा । समीरा प्रति भने किन किन शंका जागे जस्तो भयो । त्यसपछिका दिन मैले समीरा बारे त्यस्ता धेरै कुरा सुने । मेरै साथीहरु सुनाउदै जान्थे । समीरा आज फलानो संग गई । समीराले आज फलानो संग रातभर बियर खाई । साथीहरु आँउथे र समीरासंगको आफनो सहवास बारे सुनाउदा यसरी जोशीन्थे की भर्खरै सगरमाथा चढेर आएका हुन । मेरो एकजना मधेशी साथी थियो । २ वर्षे छोराको बाउ । उसले पनि ‘भ्याए’ भनेर ठोकुवा गर्यो । त्यो गोरो र कालो छाला बिचको चुम्बकिय आकर्षनले दिक्क लगायो । कता १७ वर्षकी चहकीली समीरा । अनि कता आफनै साथी भएपनि ३३ वर्षको कालो स्वाँठ रु कल्पीएर मन अमिलो भयो ।
‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘

मिरा दिदिले थाहा पाइहोलान कि नाई रु आफु कुरा गर्न खोजु टेरपुच्छर लाउने हैन । उसैपनि म उसका्े लागी किताबि किरो । ‘ ब्लयाक एण्ड व्हाईट ’ जिन्दगीको मालिक । किताब भन्दा परको संसार थाहा पनि छैन सोच्थी शायद । दिदि संग कुरा गर्न सकीन । थाहा पाइन भने उनको हालत के होला रु बहिनीलाई साहै माया गर्छीन छांगो बाटै खस्लिन । प्रत्येक साँझ साथीहरु भेला भएर संसर्गका गन्ती सुनाउथे । उनको त्यो गन्तिले मलाई भने ‘ माइनसको’ दिशामा धकेल्दै जान्थयो । हरेक बिहान त्यही समीरालाइ हेर्न जान्थे । अनि साथीहरुले सुनाएका रतिराग संग जोडेर उसको शरीरको बदलीदो स्वरुप लाई हेरी बस्थे। कुरा गर्न खोज्थे । टेरपुच्छर लगाउदैन्थी । शायद सोच्थी । यो नेपाली ‘देवदास’ संग चिया र बढीमा सिगरेट पिउने भन्दा बढी दाम छैन । के का लागी ‘ फ्रि’ मा कुरा गरी बस्नु ?
म चाँही जल्दै गए । जल्नु त छदै थियो । तर के का लागी रु यो कुराले झनै पिरोल्थयो । रात पर्दा सोच्थे अहिले पो कहाँ होली कुन संग । उसको भविष्य बारे चिन्ता लाग्थयो । बुझाउन मन लाग्थयो बुझील्याएका जिवनका परिभाषा । सुनाउन मन लाग्थयो प्रेमको अर्थ । र भन्न मन लाग्थयो — ‘ जिवन धेरै लामो छ समीरा तिमी यति राम्री पनि त छौ । यति चहकिलो छालामा पनि के साह्रो कालो पोतेको रु केही समय होल्ड गर ।’

धेरै पछि एकदिन कुरा गर्ने आँट जुटाए ।
‘ समीरा हिजोआजका केटाहरु साह्रै बिग्रीन पो थाले है । केटीहरु त नाइट बस जस्ता रे यात्रा अवधिभर आफनो त्यसपछि त को को हो ।’
‘ होला नि १ केटाहरु पनि मदिराका बोतल जस्तै हुन । बोतल मात्रै फरक नसा उस्तै । ’
त्यसपछिका दिनमा कुरा गर्ने साहस आएन ।

‘‘‘‘‘‘‘‘‘
समीरा आई एकदिन ।
झिसमीसे साँझमा । हतासिदै । पसीना पुछदै । उसको अनपेक्षीत उपस्थिीतिले एकछिन अलमलिए । आए हुन्थयो लाग्थयो पहिले । तर जब आई मुटुले ‘दमाहा’ बजाएर स्वागत गर्यो ।
‘ मिस्टर देवदास । मलाई तिम्रो सहयोग चाहियो ।’ हतारोमै भनि ।
‘ कस्तो रु ’
‘ अलिकती पैसा देउ न ’
‘ के गर्ने रु ’
‘ बिहे गर्ने ’ खितखिताई ‘ देउ न यार के पुलीस जस्तो इन्क्वायरी गरीराको ? ’

उसको लिडे ढी्िप बुझेकै थिए । कोठाभाडा तिर्ने पैसा दिएर पठाँए ।
‘‘‘‘‘‘‘‘‘‘।

पैसाको प्रभावले हो की किन हो । त्यसपछिका कहिलेकसो समीरा आँउथी । आफनो बारेमा सुनाउथी । शब्दकोश साहै्र बिग्रीएको पाँउथे उसको । उसले बोल्ने केही शब्द यस्ता थिए जो मैले आजसम्म कुनै युवतिको मुखबाट सुनेको थिइन ।
केटा हरुलाई गाली गर्न ‘ मा साला’ शब्द अलिबढी नै गर्थी । बजारमा कुन बाइक आयो । कुन हलमा कुन फिल्म चलेको छ । कुन गीतको मोडलको कपाल कस्तो छ । कुन हिरोले छातिको साइज बढाउदै लगेको छ । सबै कण्ठस्थ नै थियो उसलाई । कुनै केटाले सितैमा जिस्काको रहेछ भने म सामु आइपुगेर गर्नु सम्म गाली गर्थी । म तर्फ नै आँखा तेस्र्याउदै । डर र हाँसो दुबै लाग्थयो उसका गाली सुनेर । गल्यामर दुनियाको सारा अनलाइन पोर्टल थिई । उसले भोलीको कुरा कहील्यै गरीन । हिजो र आज ले संधै व्यस्त राख्थयो उसलाई । मीरा दिदि संधै तपाई भनेर बोलाउथिन तर समीराले तपाई भन्ने कष्ट गरिन कैले मलाई । मैले गर्ने कुरा उसको चासोका विषय थिएनन । उसका लागी म २१ औ शताब्दिको ‘आदिमानव’ थिए । महिनौ ननुहाउने । फेशन कन्सियनेस त म मा छदै थिएन । म नहास्नु उसका लागी मेरो सबैभन्दा ठुलो दोष थियो । उ हास्नु मेरा लागी सौभाग्य ।
‘ तिमी अलिक चिटीक्क पर्ने गर न यार । दाढी फालेर हिडयौ भने त हेन्डसम नै छौ नि । किन अल्छिको पुपुर्रो बनेर बस्छौ ’ एक साँझ उसले अलिक लाडीएर भनी ।
‘ अनि दाढी फाले भने तिम्रो पसलमा चिया सिगरेट कुन पैसाले खानु त रु ’
‘ ए अब तिम्रो लागी उधारो राख्मला नि ।’
‘ अनि यो फाटेको लुगा लगाएर नि के हिडछौ । सिलाएर लगाए नि हुने नि मिस्टर ’
‘ सिलाउन लाई सियो नि हुनुपर्यो नि म संग ’ टार्दै भने ।
‘ ए जन्मजात सियो खै र रु ।’
म लजाए । उ भने खितखिताउदै बिदा भई । पछि आफै पनि सिरानिले मुुख बुझो हाली हासे ।

यस्तै कुराले भएपनि समीराले हाँस्न पनि रिन तिर्नुपर्ला झैं गर्ने मेरा ओठमा सितैमा मुस्कान ल्याँउथी ।म बस्ने घरमा उसको आवतजावत बढेपछि साथीहरु मलाई उ संग जोडेर नानाथरी आरोप लाउन थाले । यद्यपी उनिहरुको लागी समीरा त्यतिबेला सम्म उनिहरुको शब्दमा ‘पुरानो माल’ भइसकेकी थिई । जसलाई उनिहरु एक्सपोर्ट गर्न सक्थे अरुका लागी । केही समयपछि म घर आए केही दिनका लागी । उसले सुइकुच्चा ठोकीछ विदेश तिर । मिरा दिदि बाट थाहापाए बिहे गरिछ समीराले । बिहे त्यो पनि समीराले रु हाँसो र दुःखका दुबै पाँग्रा गुडे मस्तिष्कमा । जिन्दगीको हेङओभर बाट उसले नै उतारेकी थिइ । झनै हेङ बनाएर गई ।
चम्कते चाँदको टुटा हुआ तारा बना डाला,
मेरी आवारगी ने मुझे आवारा बना डाला ।।
गुलाम अलि जस्तै ।
डबल ट्रेजेडीमा पो परेछु । राजधानि छोडे संधैका लागी ।
‘‘‘‘‘‘‘‘‘‘
रमेश अफिस बाट फर्कीयो । मलाई भने अघिको मदिराले त्यागेको थिएन । उसलाई थाहा थियो । समीरा विदेश लागेको खबर पाएपछि म एकाएक ब्लायक टि बाट ‘मेटामर्फोसीस भएर मदिराको पारखी भएको थिए । किनकी समीरा थिइन । उसले मनपराएर छोडिदिएको केही थियो त मदिरा ।
‘ के गर्दै छस बे ’ । टाइप गरीरहेको देखेर सोध्यो रमेशले ।
‘ उदासी उतार्दै छु यार
‘ हैन हिजोआज ति मिरा समीरा कता गइन । थाहा छ तलाई रु ’
‘ थाहा छैन त ’ । अघि साँझ भेटेर आएको बताउन मन लागेन उसलाई ।
‘ ओके १ ल हिड त जाँउ आज हेप्पी शनिबार मनाउन । धेरै भयो त संग नखाको ।’
रमेशको फेभरेट टकिला फरम्याटमा पीइयो । मदिराले पीएछ दुबैलाई ।
‘ आज भोली सुन्दर युवति देख्दा कस्तो लाग्छ बे तलाई की उही देवदास स्टाइल हो रु’ । नशाले निहुरीएको मन्टो धौ धौ उठाएर रमेशले सोध्यो ।
‘ मदिराको सुन्दर बोतल जस्तो ’ ।‘ अन द स्पट ’ वाला जवाफ फर्काए ।
‘ अनि मदिराको बोतल नि रु’
‘सुन्दर युवति जस्तो ’
रमेशले खितखिताँउदै चियर्स तेर्सायो । त्यसपछि त मात्रै चियर्स चियर्स चियर्स ‘‘‘। ।