भदौ ३० देखि असोज २ गतेसम्म अनौपचारिक टुङ्गो लागि सकेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नजिकिदै गर्दा मन्त्रालयमा तयारी तिव्र पारिएको छ । । भ्रमण निश्चित भएकाले आवश्यक तयारी भइरहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणमा प्रस्तुत गर्ने ‘एजेन्डा सेटिङ’ का लागि परराष्ट्र मन्त्रालयको नेतृत्वमा विभिन्न मन्त्रालयहरुले गृहकार्य थालेका हुन् । प्रधानमन्त्रीले नयाँ योजनाहरुमा सम्झौता भन्दा पनि यसअघि सम्झौता भएका पुराना र अधुरा रहेका योजनाहरुलाई अघि बढाउन जोड दिने उद्धेश्य रहेकोले सोही अनुसार गृहकार्य थालिएको छ ।
प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा उठाउने विषयबस्तुका बारेमा सम्बन्धित मन्त्रालयले भ्रमणका क्रममा उठाउनुपर्ने प्राथमिकताका क्षेत्र, यसअघि भएका सम्झौताको अहिलेको अवस्थाबारे प्रारम्भिक रिर्पोट बनाएर परराष्ट्र मन्त्रालयलाई दिने र त्यस पछि प्रधानमन्त्रीको एजेण्डा निर्माण हुने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार डा. ऋषी अधिकारीले जानकारी दिए ।
यि हुन सक्नेछन् भारतको प्रस्ताव
भारतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा नेपाललाई गर्ने सहयोगबारे लगभग पक्कापक्की गरेको छ । भारतले लुम्बिनी तथा पशुपति नाथको मन्दिर आसपासमा भौतिक सुधारका साथै केही विकास निमार्णका काममा सहयोग गर्ने निश्चित भएको हो ।
–गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा रातीको समयमा सबैतिर प्रकाश पुग्ने गरी बक्तिको ब्यवस्था गर्ने ।
–लुम्बिनीमा सभाहलको निमार्ण गर्ने ।
–अधुरो रहेको हुलाकी राजमार्गको काम अघि बढाउने ।
–नेपाल भारतको प्रमुख ब्यापारिक नाका झापा, बिराटनगर, बिरगञ्ज, नेपालगञ्ज लगायतका स्थानसम्म रेलमार्ग जोड्ने ।
–प्रहरी तालिम केन्द्रको स्थापनामा सहयोग गर्ने ।
–पशुपतिनाथको मुख्य मन्दिर बाहेक पशुपति क्षेत्रको पुनर्निमार्ण र संरक्षणमा सहयोग गर्ने ।
–माथिल्लो कर्णाली र माथिल्लो मस्र्याङ्दी जलविद्युत आयोजनाको काम अगाडि बढाउने बारे पुनरावलोकन गर्ने ।
–हुलाकी रोडको दोश्रो चरणको काम अघि बढाउने ।
–तल्लो अरुण ४ सय मेगावाटको जलविद्युत आयोजना शूरु गर्ने ।











