जाजरकोट, १८ बैशाख
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी जाजरकोटले जिल्लामा कार्यरत रहेका गैरसरकारी संस्थाहरुलाई गाउँ जान रोक लगाएको छ । ‘भ्रष्टाचार गरेको रकम’ फिर्ता भएपछि मात्र गाउँ पस्ने अनुमति दिने विप्लब माओवादी जाजरकोटले जनाएको छ । राष्ट्रघाती, भ्रष्टाचारी र दलालहरु जिल्लामा गएर आफ्नो योजना पुरा गर्ने गरेको पाइएको माओवादीले जनाएको छ ।

maobadi

‘गैरसरकारी सस्थाहरुले आफ्ना पार्टीका कार्यकर्ता तथा आफु निकटकालाई भर्ती केन्द्र बनाउने र जनतामा जाने बजेटलाई बीचैमा सिध्याउने काम गरी भ्रष्टाचार गरेकोले’ गाउँ जान रोक लगाइएको नेकपा माओवादीका केन्द्रीय सदस्य तथा भेरी ब्यूरो इन्चार्ज गगन बहादुर खड्का जीवनले बताउनुभयो ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी सस्थाहरुले ८० प्रतिशत वजेट आफुले खाएर जनतामा २० प्रतिशत मात्र वजेट पुर्याउने गरेकोले गैर सरकारी संघ संस्थाहरु लाई गाउ पस्न नदिइने गरि अनिश्चित कालीन रुपमा गाउँ पस्न नदिने निर्णय गरिएको भेरी ब्यूरो इन्चार्ज खडकाले बताउनुभयो । जनतामा जाने वजेटलाई कटौती गरी तालीम ,गोष्ठी, बैठक गरेर पहुँचमा वजेट सिमीत गरेको उनको आरोप छ ।

जनताको पक्षमा जानुपर्ने वजेटलाई बीचैमा गैर सरकारी संघ संस्थाहरुले घोटाला गरेकाले आफुहरुले यस्तो निर्णय गरेको छ । विप्लव माओवादीले गाउँ जान रोक लगाईको कुराको पहिला जानकारी दिने, गरेको कमी कमजोरीको समीक्षा गर्ने सुधार बाटो देखाउने तथा जुन ठाउँमा भष्ट्राचार भएको छ, तुरुन्त त्यसको असुल उपरको काम गर्न लगायतका कुराको जानकारी गराउने कार्यक्रम रहेकोले बताएको छ । जबसम्म संघ संस्थाहरु पारदर्शि बन्दैनन र जनतालाई भनेर ल्याइने कार्यक्रमको अर्थ नहुने केस चलाउनेले बताउनुभयो ।।