घोराही २४ भदौ । नेपाली कांग्रेस दाङले आज पार्टीका संस्थापक नेता वीपी कोइरालाको १ सय ३औं जयन्ती मनाउने भएको छ ।
विहीवार बसेको जिल्ला कार्यसमितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।
वीपी जयन्तीका अवसरमा घोेराहीस्थीत पार्टी कार्यालयमा आज वीपीको राजनितिक चिन्तन र वर्तमान राजनीतिक अवस्थाका विषयमा विचार गोष्ठिको आयोजना गरेको पार्टी सचिव शंकर डाँगीले बैठकपछि जानकारी दिए ।
उनले उक्त विचार गोष्ठिमा सहभागिताका लागि प्रजातन्त्रमा आस्थावान सम्पूर्णमा सचिव डाँगीले आग्रह पनि गरेका छ्न् ।
