देउखुरी २३ भदौ । दाङ देउखुरी गढवाका सर्वसाधारण मोवाइलमा नेटवर्क नहुँने समस्याका कारण भरपर्दो सन्चार सेवा पाउन सकेका छैनन । राप्तीपारीको गढवा क्षेत्रमा जडान भएको नेपाल टेलिकमको टावरमा रहेको ब्याट्रीको पावर ड्यामेज भएका कारण दुई हप्ता देखी सेवाग्राहीले सेवा लिन सकेका छैनन । जसका कारण बिद्युत हुँदा मात्र प्रिपेड र पोष्टपेड मोबाईलमा नेटवर्क रहने तर बिद्युत नभएको बेला मोबाईलमा नेटवर्क नरहने गर्दा सेवाग्राहीलाइ समस्या भएको हो ।स्थानिय ब्यवसायी तथा सेवाग्राहीहरुले यथाशिघ्र गढवामा रहेको नेपाल टेलीकमको टावरमा नयाँ ब्याट्री फेर्न र सेवालाई प्रभाबकारी बनाउन सम्बन्धित निकायसंग माग गरेका छन । त्यसका लागी पहल गर्न राजनितिक दल तथा उद्योग बाणिज्य संघलाई आग्रह समेत गरेका छन् ।।
