काठमाडौं, २२ भदौ ।
चलचित्र विकास बोर्ड अन्तर्गत रहेको चलत्रिजन्य वस्तुको पाइरेसी नियन्त्रण अनुगमन समितिले मंगलाबार राजधानीको नयाँ बसपार्क, सामखुसी र गंगबुमा गरि तिन ठाउँमा छापा मारी चलचित्र जन्य बस्तुको पारेसी गरिरहेको अवस्थामा केही व्यक्तिलाई पक्राउ गरेको छ ।
गंगबु बसपार्क चौकीका इन्सपेक्टर पूर्णिमा चन्द र सही खेम पंगेनीको सहयोगमा समितिका करण श्रेष्ठ, विजय शर्मा, लिलाधर भट्टराई, विके शर्मा, विजय शर्मा र सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत आनन्द घिमिरेको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेहरुले अनाधिकृतरुपमा चलचित्रजन्य वस्तुको पारेसी गरिरहेका थिए ।
उत्तम केसी संयोजक रहेको चलचित्र विकास बोर्डको अनुगमन समितिमा प्र.ना.उ. अजय केसी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी सुष्मा पोखरेल, निर्माता करण श्रेष्ठ, पत्रकार कृष्णप्रासद भुसाल, ओमप्रकाश अग्रवाल, लिलाधर भट्टराई, धनबहादुर वमजन, बिजयकुमार शर्मा(गैरे) सदस्य रहेका छन् ।
आउँदा दिनहरुमा पनि चलचित्र एवं चलचित्रजन्य बस्तुहरुको अनधिकृतिरुपबाट बिक्री वितरण तथा पुनर्त्पादन कार्य रोक्न बोर्ड अझ शसक्तरुपमा लाग्ने चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले बताएका छन् ।।











