जाजरकोट, २२ भदौ
जाजरकोटमा अरिङ्गालले टोक्दा एक बालक घाईते भएका छन् भने, एक भैसी मरी सकेको  छ । ढिमे ४ घरंगाका हस्तबहाद’र नेपालीका ५ बर्षिय छोरा वर्ष ६ का अनिश नेपालीलाई अरिङ्गालले चिल्दा गंभिर घाईते भएको स्थानिय मोतिराम नेपालीले जानकारी दिएका छन् । aringal
घाईते नेपालीको उपचार पछि अवस्था सामान्य वन्दै गएको प्रहरीले जनाएको छ । अरिङ्गालले चिल्दा नेपालीको एउटा भैसी मरेको छ भने, ! भैसी र ३ वाख्रा घाईते भएको प्रहरीले जनाएको छ । केही दिन अघि अरिङ्गालले चिल्दा जाजरकोटको भेरेमा २ जना बालबालिकाको ज्यान गएको थियो  ।।