भक्तपुर २२ भदौ । नेपाल शिक्षक महासंघले हतारमा आयोग नखोल्न माग गर्दै शिक्षक सेवा आयोगमा ज्ञापन पत्र बुझाएको छ । नयाँ शिक्षा ऐनमा भएको ब्यवस्था अनुसार आन्तरिक प्रतिस्पर्धा र गोल्डेन ह्याण्डसेकको मुद्धा जोडिएकोले अहिल्यै आयोग खोल्न नहुने महासंघको धारणा रहेको अध्यक्ष केशव निरौलाले बताए ।

आफ्नो काम सक्ने वहानामा हतार हतारमा आयोग खोल्न सक्ने देखेर हामीले ध्यानाकर्षण गराएका हौुं उनले भने, शिक्षा नियमावली नआउँदै आयोग खोल्दा अपूर्ण हुन्छ ।

नियमावली निर्माणको काम अन्तिम चरणमा पुगेको सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री धनीराम पौडेल स्वयंले बताएका थिए । मन्त्रालयमा नियमावली तयारीको काम अन्तिम चरणमा पुगेको अवस्थामा आफ्नो उपस्थिती देखाएर राजनीतिक माईलेजु लिन महासंघले ज्ञापन पत्र बुझाएको विश्लेषण गरिएको छ ।

महासंघले आयोगमा बुझाएको ज्ञापन पत्रमा उल्लेख भएको शिक्षक बढुवा पारदर्शी हुनु पर्ने बुँदा यसकै उदाहरण भएको एक जना विश्लेषकले बताए । महासंघका नेताहरु प्राथमिक तहका अस्थायी शिक्षकलाई सजिलै स्थायी र सजिलो बाटोबाट माथिल्लो तहमा लैजान चाहन्छन् उनले भने, यसो गर्दा शिक्षक नेताहरुको राजनीतिको आधार बलियो हुने उनीहरुले ठानिरहेका छन्, त्यसैले नियमावली नआउँदै आयोग नखोल भन्दै ज्ञापन पत्र बुझाउने हतार गरेका हुन् ।education