mantri giriतुलसीपुर २१ साउन । सिंचाई मन्त्रि दीपक गिरी दाङ आए संग भेटघाट तथा सम्मान कार्यक्रममा व्यस्त छन् । मन्त्रि बने पछि पहिलो पटक गृह जिल्ला दाङ आएका गिरीलाई मंगलबार दिनभर दाङका बिभिन्न ठाउमा स्वागत तथा सम्मान गरिएको छ ।

मंगलबार  मन्त्रि गिरीले वडकापथ सिंचाई आयोजनाको बिफ्रिङ्, नेपाली काग्रेस दाङको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी , नेपाली काग्रेस दाङ क्षेत्र नंबर १  तथा देउखुरी  ८ मुसुरियामा नेपाली काग्रेस ईकाई समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहभागी भएका छन् ।

त्यस्तै उनी  नेपाल पत्रकार महासंघ दाङ, नेपाल प्रेस युनियन राप्तीले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा सहभागी भएका छन् । त्यसैगरी उनीले लमहीका सरकारी कार्यालयका प्रमुखसंग छलफल तथा अन्तरक्रिया गरेका छन् ।

नेपाल सरकार सिचाई मन्त्री एंव सासद दिपक गिरीले  दाङ कृषि  र किसानहरुको उर्वर भुमी  रहेकाले दाङ सिचाईमा आत्मनिर्भर वनाउने प्रतिवद्धता जनाएका छन ।  नेपाल पत्रकार संघदाङले आयोजना गरेको पत्रकार भेटघाटमा वोल्दै दाङ वर्षेनी सुख्खा र वाँझो वन्दै गईरहेकाले दाङका किसानहरुलाई सिचाईमा आत्मनिर्भर वनाउने वताएका थिए  ।

उनी बुधबार पनि दाङमै भेटघाटमा व्यस्त हुने छन् । बुधबार नै मन्त्रि गिरी काठमडौ फर्कने कार्यक्रम पनि रहेको छ ।