ओमप्रकाश गुप्ता
सिसहनियाँ २१ भदौ ।
उद्यमी महिला बचत तथा ऋण सहकारी संस्था लमहीले संस्थामा आवद्ध ३२ ओटा महिला समुहहरुलाई बाकस वितरण गरेको छ । सहकारी संस्थाको आयोजनामा सोमवार आफनै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कुल २० हजार ३ सय २० रुपैयाँ बराबरको ३२ ओटा बाकस वितरण गरेको हो ।
संस्थाका अध्यक्ष मन्नी चौधरीको अध्यक्षता एवम् थारु कल्याण कारिणीय सभा क्षेत्रिय समिति क्षेत्र नं. १ का अध्यक्ष चेतराम चौधरीको प्रमुख आतिथ्यतामा भएको भएको कार्यक्रममा बोल्ने वक्ताहरुले राप्ती पारीका सहकारी संस्थाहरु यातायात र विकास निमार्णबाट धेरै पछि परेकाले किसानले उत्पादन गरेको तरकारी समेत खपत नहुदा बचतमा समस्या रहेकाले सहकारी संस्थाहरु नफा भन्दा बढी घाटामा रहेको गुनासो गरेका थिए ।
संस्थका उपाध्यक्ष कल्पना चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिवु चौधरीले गर्नु भएको थियो ।।