पर्सा, २१ भदौ ।
पर्सामा स्क्रब टाइपसका थप ४ बिरामी भेटिएका छन् । पछिल्लो पटक बीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गर्न पुगेका ४ बालबालिकामा सो रोगको सक्रमण भेटिएको अस्पतालका बालरोग विशेषज्ञ डा अतिन्द्र मिश्रले जानकारी दिनुभयो ।
सक्रमित मध्ये ३ जनाको अबस्था गम्भीर छ । उनीहरुको आईसीयुमा राखेर उपचार भईरहेको अस्पातालले जनाएको छ । यस सिजनमा मात्र सो अस्पतालमा २५ स्क्रब टाइपसका बिरामी भेटिएका छन् ।
ती मध्ये १ को मृत्यु भईसकेको छ भने उपचार सम्भव नभएपछि २ बालबालिकालाई अभिभावकले घर फिर्ता लगेका छन् ।।