siriaसिरिया २१ भदौ । सिरियाको सरकार नियन्त्रित क्षेत्रमा भएको बम विस्फोटमा परि कम्तिमा ४० जनाको ज्यान गएको छ । होम्स, दमासकस, हासाकेह तथा टार्टोउसमा एक घण्टाको बिचमा भएको चार वटा बम बिस्फोटमा ४० जनाको ज्यान गएको सिरियाका सरकारी सञ्चार माध्यमले जनाएका छन् ।

 बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मेवारी लिएको छ । हासाकेहमा भने कुर्दिस समूहले आक्रमण गरेको हो । सिरियाको सरकारी समाचार संस्था सानाले भने ३० जना सर्वसाधारण नागरिकको ज्यान गएको र ४५ जना घाइते भएको जनाएको छ ।