काठमाडौं – नेपाल सद्भावना पार्टी युनाइटेटका वरिष्ठ नेता तथा पूर्वमन्त्री श्यामसुन्दर गुप्ता लाई नेपाल प्रहरीले फेरी पक्राउ गरेको छ । यस अघि व्यापारी पवन सांघाई अपहरणको अभियोगमा तीन वर्ष जेल बसेर गत वर्षमात्रै रिहा भएका पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पुन: पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरले गुप्तालाई सोमबार ताल्चिखेलस्थित उनकै निवासबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग सातदोबाटोका डिएसपी रामेश्वर यादवले उनलाई पुरानो मुद्दामा नियन्त्रणमा लिइएको बताए । उनले पुरानो मुद्दा के हो भन्ने नखुलाएपनि अर्का एक प्रहरी अधिकारीले एक महिलासँग उनले ५० लाख माग गरेको र दिन नसक्ने भनेपछि अपहरणको धम्की दिएको उजुरी प्रहरीसम्म पुगेपछि पक्राउ गरिएको हो ।
गुप्तालाई धम्की तथा शरीर बन्धक अन्तर्गत मुद्दा चलाउन अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको बताइएको छ ।
